बालबालिका पनि मधुमेहको जोखिममा, कसरी बच्ने ?

अहिलेको जीवनशैलीका कारण हरेक १० जना व्यक्ति मध्ये १ जनालाई मधुमेहको समस्या रहेको पाइन्छ । मधुमेहको समस्या केवल ठुला व्यक्तिहरुलाई मात्र नभएर साना बच्चाहरुलाई पनि धेरै देखिन थालेको छ । केहि बच्चाहरुलाई त मधुमेहका समस्या जन्मेदेखि नै हुन्छ ।

वास्तवमा मधुमेहका हुनु कुनै ठुलो अथवा आत्तिनु पर्ने कुरा होइन तर समयमा नै ध्यान दिनु आवश्यक छ । हालसालै गरिएको एक अध्ययन अनुसार स्कुल जाने उमेरका बालबालिकाहरुमा मधुमेहको समस्या एक प्रतिशत हुने गरेको पाइन्छ । हालसालै भारतिय अभिनेत्री पि्रंयका चोपडाका  श्रीमान निक जोनसले पनि आफु सानो हुँदा मधुमेहको चमेटामा आएको कुराको खुलासा गरेका छन् । उनी १३ बर्षको हुँदा उनलाई मधुमेह भएको थियो ।

आँखा र मिर्गौंला नराम्रो असर

बालबालिकाहरुमा मधुमेह हुनुको प्रमुख कारण आनुवांशिक हो । यसबाहेक खराब जीवनशैली र खानपानले पनि बालबालिकामा टाइप-१ र टाइप-२ मधुमेहको खतरा बढ्छ । बालबालिकामा हुने मधुमेहले आँखा र किड्नीमा नराम्रो असर पार्ने भएका कारण यो एक चिन्ताको बिषय बनेको छ ।

कस्ता बालबालिकामा मधुमेह हुने खतरा धेरै हुन्छ ?

-आनुवांशिक अथवा परिवारको सदस्यमा पहिला नै मधुमेहको समस्या हुनु ।

-जुन बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

-मोटो बालबालिकामा पनि यसको खतरा धेरै हुन्छ ।

-चिनी, चक्लेट र मिठाई धेरै मात्रामा सेवन गर्ने बालबालिकालाई मधुमेह हुने सम्भावना बढि हुन्छ ।

मधुमेयका शारीरिक गतिविधिमा कमी हुने कारणले पनि यसको खतरा बढ्छ ।

बालबालिकामा मधुमेहको लक्षण

मधुमेहका कारण बालबालिकामा सुगर लेभल असामान्य रुपले बढ्छ, जसका कारण विभिन्न लक्षणहरु देखा पर्छ ।

-धेरै प्यास लागछ ।

-धेरै भोक लाग्छ ।

-बालबालिका थाकेको अनुभव गर्छन् र सुस्त हुन्छन् ।

-बिना कारण शरीरमा कम्पन हुनु ।

-वजन कम हँदै जानु ।

-धमिलो देख्न थाल्नु

-चोटपटक लाग्दा घाउ निको हुन समय लाग्नु आदि ।

यदि यी लक्षणहरु देखा परेमा आफ्ना बालबालिकाहरुलाई तुरुन्त जाच गर्नु पर्छ ।

बालबालिकामा मधुमेहको उपचार

मधुमेहले पीडित भएका बालबालिकालाई इन्सुलिन थेरापी दिईन्छ । प्रायः रोग पत्ता लागेको पहिलो वर्षमा बालबालिकालाई इन्सुलिन कम मात्रामा दिइन्छ,जसलाई हनीमून पीरियड भनिन्छ । विशेष गरेर सानो बच्चालाई राति इन्जेक्शन दिँइदैन,तर उमेर बढ्दै गएपछि राती पनि इन्सुलिन शुरु गरिन्छ ।

मधुमेहलाई पूर्ण रुपमा निको पार्न त सम्भव हुँदैन तर यसलाई नियन्त्रण गर्न सकिन्छ । यदि बालबालिकामा मधुमेहको समस्या देखियो भने उनीहरुको हेरचाह कसरी गर्ने भन्ने बारेमा केही जानकारी ।

-शरीरमा इन्सुलिनको पूर्ति हुनु नै मधुमेहको विशेष उपचार हो, त्यसैले समयमा इन्सुलिन लिनु पर्छ ।

-समयमा ब्लड सुगर टेस्ट गराइरहनु पर्छ र त्यहि हिसाबले इन्सुलिनको मात्रा घटबढ गराउनु पर्छ ।

-समयमा नै खाना खाने बानी बसाल्नु पर्छ, साथै पौष्टिक आहार खुवाउनु पर्छ ।

-रिफाइन्ड कार्बोहाइड्रेट, सुगर, मिठाई, मैदाको रोटी, पेस्ट्री, सोडा र जंक फूडहरु खान दिनु हँुदैन ।

-बालबालिकालाई पर्याप्त पानी पिउन लगाउनु पर्छ । उनीहरुलाई सोडा, जूस अथवा स्क्वाइस जस्ता डि्रंकहरुबाट टाढा राख्नु पर्छ ।

-बालबालिकालाई नियमित व्यायाम गर्ने बानी बसाल्नु पर्छ ।

-उनीहरुलाई इन्डोर भन्दा आउटडोर गेम खेल्नको लागि प्रोत्साहित गर्नु पर्छ ।

– मधुमेह भएको बारेमा आफ्नो बच्चाको स्कूल टीचर, साथीहरुलाई जानकारी दिनु पर्छ, जसले उनीहरुले परेको समयमा उसको सहयोग गर्न सकुन् ।

– अभिभावकले पनि समय-समयमा सुगर टेस्ट गराइरहनु पर्छ ।

  1. आफ्नो बालबालिकालाई मधुमेहलाई नियन्त्रण गरेर नै उनीहरुाई खुलेर बाँच्न सहयोग हुन्छ भन्ने कुरा सम्झाउनु पर्छ । मधुमेह भयो भन्दैमा आफ्ना बच्चालाई अरु भन्दा भिन्न व्यवहार गर्नु हुँदैन, किनभने उनीहरुलाई पनि सामान्य जिन्दगी बाँच्ने अधिकार हुन्छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?