इजरायली राजदूत हानान गोडर विपिन जोशीको घरमा, उद्धारका लागि प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हानान गोडर महेन्द्रनगर स्थित विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत गोडर भीमदत्त नगरपालिका ३ भाँसी स्थित विपिन जोशीको घरमा पुगेका हुन् । गत २० असोजमा प्यालेस्टाइनी हमास समुहले इजरायलमाथि हमला गर्दा हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको घरमा पुगेका हुन् ।

घटना घटेको झण्डै ८ महिना पछि इजरायली राजदूत विपिनको घर पुगेर उनले उद्धारका लागि आश्वासन दिएका छन । विपिन जोशीका बाबु महानन्द जोशीले छोराको रिहाईका लागि राजदूतसँग अनुरोध गरेका छन् ।

विपिन जोशीका परिवारको अनुरोध अनुरूप इजरायली राजदूतले दुखद घटना भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि प्रतिबद्धता जाहेर गरेको परिवारजनले जनाएका छन । विपिन जोशीका दाजु किशोर जोशीले इजरायली राजदूतले पीडित परिवारसँग विपिनको रिहाईका लागि पहल गर्ने आश्वासन दिएको बताए ।

‘इजरायली राजदूत सहितको ४-५ जनाको टोली हाम्रो घर पुगे र उनीहरूलाई हामीले स्वागत गरे, ‘उनले भने, ‘राजदूत नै हाम्रो घर पुगेपछि केही आशा जागेको छ ।’ यस अघि विपिनको रिहाईका लागि घर परिवारले गृहमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म भेटघाट गरेर अनुरोध गरेका छन । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका थिए।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?