कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् ।

नेपाली कांग्रेसको देउवा समूहबाट खुला महिला कोटातर्फ उम्मेदवारी दिएकी ओझा प्रतिस्पर्धाबिनै प्रतिनिधिमा चयन भएकी हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ओझाले पार्टी संगठनका विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी छन् । स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत काम गरिसकेकी उनीसँग राजनीतिक तथा सांगठनिक क्षेत्रको अनुभव छ ।

महाधिवेशन प्रतिनिधिमा चयन भएपछि प्रतिक्रिया दिँदै ओझाले आफ्नो आगामी राजनीतिक यात्रा र सांगठनिक भूमिकाबारे पार्टी नेतृत्व, नेता तथा सरोकारवालासँग छलफल गरेर मात्रै निर्णय लिने बताएकी छन् ।

पार्टीको नीति, नेतृत्व र सल्लाहलाई प्राथमिकतामा राख्दै आगामी कदम अघि बढाउने उनको भनाइ छ । आफूले अहिलेसम्म हासिल गरेको राजनीतिक तथा जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई आगामी दिनमा पार्टी संगठनको सुदृढीकरण र जनताको हितमा प्रयोग गर्ने उनले बताएकी छन् ।

ओझाको निर्विरोध चयनलाई कांग्रेसको संगठनभित्र उनको सक्रियता र राजनीतिक यात्रासँग जोडेर हेरिएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?