इजरायली राजदूत हानान गोडर विपिन जोशीको घरमा, उद्धारका लागि प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हानान गोडर महेन्द्रनगर स्थित विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत गोडर भीमदत्त नगरपालिका ३ भाँसी स्थित विपिन जोशीको घरमा पुगेका हुन् । गत २० असोजमा प्यालेस्टाइनी हमास समुहले इजरायलमाथि हमला गर्दा हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको घरमा पुगेका हुन् ।

घटना घटेको झण्डै ८ महिना पछि इजरायली राजदूत विपिनको घर पुगेर उनले उद्धारका लागि आश्वासन दिएका छन । विपिन जोशीका बाबु महानन्द जोशीले छोराको रिहाईका लागि राजदूतसँग अनुरोध गरेका छन् ।

विपिन जोशीका परिवारको अनुरोध अनुरूप इजरायली राजदूतले दुखद घटना भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि प्रतिबद्धता जाहेर गरेको परिवारजनले जनाएका छन । विपिन जोशीका दाजु किशोर जोशीले इजरायली राजदूतले पीडित परिवारसँग विपिनको रिहाईका लागि पहल गर्ने आश्वासन दिएको बताए ।

‘इजरायली राजदूत सहितको ४-५ जनाको टोली हाम्रो घर पुगे र उनीहरूलाई हामीले स्वागत गरे, ‘उनले भने, ‘राजदूत नै हाम्रो घर पुगेपछि केही आशा जागेको छ ।’ यस अघि विपिनको रिहाईका लागि घर परिवारले गृहमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म भेटघाट गरेर अनुरोध गरेका छन । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका थिए।

ताजा खबर

भदौँमा महाकाली पुलको तटबन्ध भत्कियो, माघमा मन्त्री द्वारा अनुगमन

कञ्चनपुर -गत भदौँ महाकाली नदीमा आएको वाढीले कञ्चनपुर स्थित...

प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी खेलाडि छनौट शुरु

कञ्चनपुर ०१ माघ,  प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी...

हाम्रो भाेजनालयले ल्यायो बिशेष माघि अफर

 उपेश सिंह धामी  महेन्द्रनगर ०१ माघ । कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?