महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री द्धारा कञ्चनपुरका विभिन्न ठाँउको अनुगमन

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले कञ्चनपुरको वाल मन्दिर तथा बाढीको उच्च जोखिममा रहेको कुतियाकवर क्षेत्रको अवलोकन गर्नु भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले कञ्चनपुरको वाल संगठन तथा बाढीको उच्च जोखिममा रहेको दोधारा चादनी नगरपालिकाको कुतियाकवर क्षेत्रको अवलोकन गर्नु भएको हो । शनिवार कञ्चनपुरको वाल संगठनमा वालि संगटनका पदाधिकारी हरु संगको भेटघाटमा वोल्दै मन्त्री चौधरीले हाल पुर्ण रुपले सगठन मन्त्रालय मातहत आई नसके पनी यसको अभिभावकत्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको भएको भन्दै वाल संगठनको जग्गा खालि गराउन सफल भएकोमा प्रमुख जिल्ला अधिकारी लगायत वाल संगठन कञ्चनपुरका पदाधिकारीहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भउको छ । यसै गरि उहाले वाल संगठन कञ्चनपुर संग पार्याप्त जग्गा र घर समेत भएको हुदा यसलाइृ भाडामा दिनु भन्दा वालवालिकाका हक अधिकारका लागी काम गर्न र दुव्र्यशनमा परेका तथा अनाथ वालवालिकाहरु लाई आश्रय हुने खालका गतिविधि गर्न सुझाव दिनु भएको छ ।

यसै गरि मनत्री चौधरीले दोधारा चादनी नगरपालिकाको वडा नम्वर १० स्थित बाढीको उच्च जोखिममा रहेको कुतियाकवर क्षेत्रमा निड्स नेपाल, एन एन एस डव्ल्यू ए, समुदाय तथा दोधारा चादनी नगरपालिका द्धारा निर्माणाधिन सेफ हाउसको मन्त्रालयका सचिव सहितको टोली लिएर अनुगमन गर्नु भउको छ । यस क्षेत्रको अवलोकन पछी मन्त्री चौधरीले बाढीको उच्च जोखिम भएको हुदा आफुले याहाको समस्या समाधानका लागी पहल गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको छ । यसै गरि नगरपालिकाको आफ्नो बजेट बाट महाकाली र जोगबुडा नदीमा तटवन्ध गर्न असम्भव भएको हुदा संघ सस्थाहरु संगको सहकार्यमा जैवक तटवन्ध निर्माण गरिरहेको दोधारा चादनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्वुले वताउनु भएको छ । साथै उहाले गत वर्ष समेत बाढीले तिन विगाहा जमीन कटानी गरेको भन्दै यसकमा तटवन्धको लागी संघ सरकार संग माग गरेको समेत वताउनु भएको छ ।

मन्त्री चौधरी संगै महिला बाल बालिका तथा सामाजिक विकास समिति पूर्व सभापति निरूदेवी पाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय उसचिव विनोद दाहाल, समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट, कोषाध्यक्ष विनय लामाज्यू, बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बाँनिया, सदस्य सचिव ईन्द्रा देवी ढकाल लगायउतको सहभातिता रहेको थियो ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?