एन.आई.सी. एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

महेन्द्रनगर । एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ मटैनामा बैंकले यही २८ गते बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो ।

भीमदत्त नगरपालिकाको वडा नम्वर ९ अति दुगम वडा भएकाले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण हुदा जेष्ठ नागरिक तथा अशाहायहरु लाई सहज भएको वडा नम्वर ९ का वडा अध्यक्ष गगन सिह कार्कीले बताए ।
सेवाग्राहीको सहजताको लागि भीमदत्त नगरपालिका, कन्चनपुरको समन्वयमा एन.आई.सी. एशिया बैंक, महेन्द्रनगर शाखाले वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालको हो । आगामी दिनमा समेत सेवाग्राहीहरुलाई अझै सहज रुपमा सेवा दिने समेत बैंकले तयारी गरेको महेन्द्रनगर शाखाका शाखा प्रमुख, हेम राज बिष्टले बताए ।
उनले भने ‘‘ जेष्ठ नागरिक र अपांगता भएका सेवाग्राहीहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।” आगामी दिनमा समेत भीमदत्त नगरपालिका, वडा नं. ९ को सम्पूर्ण सामाजिक सुरक्षा भत्ता वडा स्तर बाटै सहज रुपमा वितरण गर्ने समेत बिष्टले बताए ।
वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताउछन् ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?