एन.आई.सी. एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

महेन्द्रनगर । एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ मटैनामा बैंकले यही २८ गते बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो ।

भीमदत्त नगरपालिकाको वडा नम्वर ९ अति दुगम वडा भएकाले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण हुदा जेष्ठ नागरिक तथा अशाहायहरु लाई सहज भएको वडा नम्वर ९ का वडा अध्यक्ष गगन सिह कार्कीले बताए ।
सेवाग्राहीको सहजताको लागि भीमदत्त नगरपालिका, कन्चनपुरको समन्वयमा एन.आई.सी. एशिया बैंक, महेन्द्रनगर शाखाले वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालको हो । आगामी दिनमा समेत सेवाग्राहीहरुलाई अझै सहज रुपमा सेवा दिने समेत बैंकले तयारी गरेको महेन्द्रनगर शाखाका शाखा प्रमुख, हेम राज बिष्टले बताए ।
उनले भने ‘‘ जेष्ठ नागरिक र अपांगता भएका सेवाग्राहीहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।” आगामी दिनमा समेत भीमदत्त नगरपालिका, वडा नं. ९ को सम्पूर्ण सामाजिक सुरक्षा भत्ता वडा स्तर बाटै सहज रुपमा वितरण गर्ने समेत बिष्टले बताए ।
वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताउछन् ।

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?