गैर सरकारी संस्था महासघ कञ्चनपुरको भवन उद्घाटन

गैर सरकारी संस्था महासघ कञ्चनपुरको नागरिक श्रोत केन्द्र तथा ज्योति सामुदायिक केन्द्र सञ्चालनमा ल्याएको छ । सोमवार एक कार्यक्रमका विच उक्त भवनको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले उदघाटन गर्नु भएको हो ।
गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथी, गैसस महासघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदि विशिष्ठ अतिथी रहेको थिए । उक्त भवनको उदघाटन गर्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख बिष्टले समाज रुपान्तरणका लागी गेर सरकारी संघ संस्थाहरुको योगदान महत्वपुर्ण रहने बताउदै समाजीक कार्यहरुमा सधै लागिरहन अनरोध गर्नु भयो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै गैसस महासघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदिले महासंघको नेतृत्वमा सुदुरपश्चिममा समाज परिवर्तनको लागी पटक पटक भएका नागरि आन्दोलनहरु महत्वपुर्ण र सकारात्म भएको भन्दै देशै भरिमा कञ्चनपुरमा सुविधा सम्पन्न भवन निर्माण भएकोमा बधाई ज्ञापन गर्नु भयो ।
गैसस महासघका केन्द्रीय सचीव भवराज रेग्मीले देशै भरिमा कञ्चनपुरको महासंघउत्कृष्ठ रहेको वताउनु भयो । कार्यमुल्यांकनका आधारमा पुरुस्कृत समेत भएको गैसस कञ्चनपुरले आगामी दिनहरुमा समेत उल्लेख्नीय कार्य गर्ने आशा समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा भवन निर्माणका लागी आर्थीक सहयोग गर्ने भीमदत्तका नगरप्रमुख, गेटपि कोरियाका गोल्डी तथा निड्स नेपालका संस्थापक कभवराज रेग्मीलाई अभिनन्दन गरिएको थियो । गैसस कञ्चनपुरका सचीव अमिर तिरुवाले सञ्चालन गरेको कार्यक्रममा केन्द्रयि पदाधिकारी, पुर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार , नगरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?