बोक्सीको आरोपमा आफ्नै भाउजूको हत्या

असोज ३१ महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ डाम्ही मडईकी एक महिलाको हत्या भएको तीन दिनपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।

४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवर संजय झाले हत्या गरेको महोत्तरी प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

भाउजूसँगको लेनदेन र अन्य समस्याका कारण उनले  बोक्सीको आरोप लगाई शिलादेवीको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा बतायो ।

शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिँज आउँदा अस्पतालमा उपचार गराएपनि ठीक नभएकाले उनी बोक्सी नै रहेको भन्दै  संजयले भाउजूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले बताए ।

शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने धार्मिक अन्धविश्वासको कारण देवर संजयले भाउजूको हत्या गरेको उनले जनाए ।

शिलालाई संजयले दिएको १२ लाख ३९ हजार सापटी फिर्ता नगरेकोले पनि उनको  हत्या भएको हुनुपर्ने भनाई महोत्तरी प्रहरीको छ ।

शिलादेवी घरमा सुतिरहेको अवस्थामा बिहीबार राति टाउकोमा हथौडा प्रहार गरी संजयले उनको हत्या गरेको स्वीकारे प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

बिहिबार बिहान ३ बजेको समयमा शिलादेवीको टाउकोमा हथौडाले हानेर हत्या गरी संजय पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताए ।

आरोपित संजय जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापाडामा बसेर मजदुरीको काम गर्दै आएका थिए ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?