बोक्सीको आरोपमा आफ्नै भाउजूको हत्या

असोज ३१ महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ डाम्ही मडईकी एक महिलाको हत्या भएको तीन दिनपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।

४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवर संजय झाले हत्या गरेको महोत्तरी प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

भाउजूसँगको लेनदेन र अन्य समस्याका कारण उनले  बोक्सीको आरोप लगाई शिलादेवीको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा बतायो ।

शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिँज आउँदा अस्पतालमा उपचार गराएपनि ठीक नभएकाले उनी बोक्सी नै रहेको भन्दै  संजयले भाउजूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले बताए ।

शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने धार्मिक अन्धविश्वासको कारण देवर संजयले भाउजूको हत्या गरेको उनले जनाए ।

शिलालाई संजयले दिएको १२ लाख ३९ हजार सापटी फिर्ता नगरेकोले पनि उनको  हत्या भएको हुनुपर्ने भनाई महोत्तरी प्रहरीको छ ।

शिलादेवी घरमा सुतिरहेको अवस्थामा बिहीबार राति टाउकोमा हथौडा प्रहार गरी संजयले उनको हत्या गरेको स्वीकारे प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

बिहिबार बिहान ३ बजेको समयमा शिलादेवीको टाउकोमा हथौडाले हानेर हत्या गरी संजय पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताए ।

आरोपित संजय जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापाडामा बसेर मजदुरीको काम गर्दै आएका थिए ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?