दार्चुलाका स्थानीय तहमा विद्यालय सञ्चालन

भदौ २७, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र अपिहिमाल गाउँपलिकामा आजबाट विद्यालय सञ्चालन भएका छन ।

जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका र अपिहिमाल गाउँपालिकाले भदौ २७ गते आइतबारदेखि स्वास्थ्य मापदण्डको पालना गरेर भौतिक उपस्थितिमा पठनपाठन शुरु गरिएको हो । महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाले नर्सरी देखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि र कक्षा ६ देखि १० सम्मको पढाई बिहान ७ बजे देखि साढे १० बजेसम्म पढाई भएको बताइएको छ ।

अपिहिमाल गाउँपालिकाभित्रका सबै विद्यालयहरु पनि आजबाट सञ्चालनमा आएका छन । कोरोना संक्रमणको कारण बन्द रहेका विद्यालय कोरोना संक्रमणको जोसखम कम भए संगै पुन सञ्चालन भएका हुन । नेपाल सरकारको स्मार्ट लकडाउन, शिक्षा मन्त्रलयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ र डिसिसिएमसीको निर्णयलाई मध्यनजर गरेर पठनपाठन सुचारु गर्न लागिएको सम्बन्धीत स्थानीय तहहरुलृ जनाएका छन ।

दार्चुलाका विभिन्न स्थानीय तहमा यस अघि नै विद्यालय सञ्चालन भइसकेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सरकारले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै पठनपाठन सुचारु गर्न सकिने निर्णय गरे पछि जिल्लाका अधिकांस स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा पठनपाठन सुचारु गर्न सकिने निर्णय जिल्ला प्रसासन कार्यालयले गरेको थियो । जिल्लाको लेकम गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका लगायतका स्थानीय तहमा यस अघि नै विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?