राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर
भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितमा छात्रा भलिबल तर्फ लक्ष्मी माविले उपाधी पाएको छ ।
लक्ष्मी मावि बागफाँटाले १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छात्रा भलिबल तर्फ प्रथम भएको हो ।
फाईनल छात्रा भलिबल प्रतियोगितामा जनज्योति मावि भाँसीलाई पराजित गर्दै लक्ष्मीमावि प्रथम भएको आयोजकले जनाएको छ ।
लक्ष्मी माविले जनज्योतीलाई २–०सेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।
०३९ सालमा स्थापित लक्ष्मी सामुदायिक विद्यालयले विद्यालयको नेतृत्व प्रद्यानाध्यापक प्रमानन्द नाथले ०७८ असोजदेखि सम्हालेपछि विद्यालयमा अग्रेजी माध्यमको पठनपाठनको सुरु गरे सगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरेपछि विद्यालयको सम्पुर्ण शिक्षक कर्मचारी एवंम युवा वि।व्य।स। अध्यक्ष दशरथ भण्डारीको नेतृत्वको समिति र सरोकारवाला सबैको सामुहिकतामा०८०, ०८१, ०८२ मा क्रमश तृतिय,द्वितिय र प्रथम स्थान हासिल गर्न विद्यालय सफल भएको हो । हाल विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म अग्रेजि र नेपाली दुबै माध्यममा पठनपाठन भईरहेको र विद्यालयको समग्र पक्षको विकासमा लागि रहेको शिक्षक धर्मानन्द जोशीले बताए । यसैगरी १६ औं राष्ट्रपति रनिङसिल्डमा विद्यालयले एथलेटिक्सतर्फ एक कास्य, तेक्वान्दोतर्फ दुई कास्य र आवि तर्फ एक कास्य गरी जम्मा पाँच पदक प्राप्त गर्न विद्यालय सफल भएको हो । विद्यालयमा हाल झण्डै ६सय विद्यार्थी अध्ययनरतछन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?