आज संस्कृत दिवस

 भदौ ६, काठमाडौँ: नेपालमा चौथो संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी आइतबार मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर संस्कृत दिवस मनाइने भएको हो । नेपालमा जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि संस्कृत दिवस मनाउन थालिएको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सङ्कल्पकर्ता काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले गुरुकूल शिक्षामा शैक्षिक सत्रको प्रारम्भ ऋषि तर्पणीको दिन गरिने भएकोले यही दिनमा नै संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको जानकारी दिनुभयो । वेद सबैभन्दा पहिले ऋषिहरूले ध्यानको क्रममा देखेकोले ऋषि तर्पणीको दिन संस्कृत दिवस मनाउन थालिएको हो ।

संस्कृत भाषाको विश्वव्यापी प्रवद्र्धन तथा नेपालको समेत प्रचारप्रसार गर्ने उद्देश्यले संस्कृत दिवस मनाउन थालिएको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, जयतु संस्कृतम्, त्रि–चन्द्र कलेजअन्तर्गतको दर्शन शास्त्र तथा मनोविज्ञान विभागलगायतका देश विदेशका विभिन्न संस्थाको सहकार्यमा भौतिक रूपमा नै संस्कृत दिवस मनाउन लागिएको जनाइएको छ ।

संस्कृत विषयको उच्च शिक्षाको पठनपाठन हुने राजधानीको वाल्मीकि विद्यापीठमा यो दिवस मनाउने गरी तय गरिएको छ । प्रतिष्ठानका पूर्वअध्यक्ष डा. अधिकारीले नेपालका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायतका देशमा समेत संस्कृत दिवस मनाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । संस्कृतलाई सबैभन्दा पुरानो भाषाका रूपमा लिइन्छ ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?