आज संस्कृत दिवस

 भदौ ६, काठमाडौँ: नेपालमा चौथो संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी आइतबार मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर संस्कृत दिवस मनाइने भएको हो । नेपालमा जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि संस्कृत दिवस मनाउन थालिएको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सङ्कल्पकर्ता काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले गुरुकूल शिक्षामा शैक्षिक सत्रको प्रारम्भ ऋषि तर्पणीको दिन गरिने भएकोले यही दिनमा नै संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको जानकारी दिनुभयो । वेद सबैभन्दा पहिले ऋषिहरूले ध्यानको क्रममा देखेकोले ऋषि तर्पणीको दिन संस्कृत दिवस मनाउन थालिएको हो ।

संस्कृत भाषाको विश्वव्यापी प्रवद्र्धन तथा नेपालको समेत प्रचारप्रसार गर्ने उद्देश्यले संस्कृत दिवस मनाउन थालिएको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, जयतु संस्कृतम्, त्रि–चन्द्र कलेजअन्तर्गतको दर्शन शास्त्र तथा मनोविज्ञान विभागलगायतका देश विदेशका विभिन्न संस्थाको सहकार्यमा भौतिक रूपमा नै संस्कृत दिवस मनाउन लागिएको जनाइएको छ ।

संस्कृत विषयको उच्च शिक्षाको पठनपाठन हुने राजधानीको वाल्मीकि विद्यापीठमा यो दिवस मनाउने गरी तय गरिएको छ । प्रतिष्ठानका पूर्वअध्यक्ष डा. अधिकारीले नेपालका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायतका देशमा समेत संस्कृत दिवस मनाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । संस्कृतलाई सबैभन्दा पुरानो भाषाका रूपमा लिइन्छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?