अपि हिमाल गाउँपालिकामा पाक्न थाले स्याउ

३२ साउन  दार्चुला ।

दार्चुलाको अपि हिमाल गाउँपालिकामा स्याउ पाक्न थालेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको स्याउपाक्न थालेको यस क्षेत्रका  स्याउ किसानहरुले बताएका छन । गत वर्ष लगाइएको इटाली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । तर अपि हिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ बजारमा  भने देखिएको छैन । किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् । पछौटे स्याउ पनि पाक्ने क्रम बढ्दै गएको किसानले बताएका छन् । अपि हिमाल गाउँपालिका वडा नम्बर ३ पाथीका स्याउ किसान जनक कार्कीका अनुसार दिन प्रतिदिन अहिले अपि हिमालको स्याउले रङ बढिरहेको बताए ।

जति बढी रङ आयो त्यति नै बढी रसिलो र मीठा हुँदै जाने उहाँको भनाइ छ । अपि हिमालको स्याउ अगामी भाद्रको दोस्रो हप्ताबाट टिप्न सुरु गरिने बताइएको छ । यस वर्ष स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटासमेत हुने भएको छ । गाउँपालिकाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा असिनापानी परेपछि फल नलागेको किसान कार्कीले जानकारी दिनु भयो ।

उहाँका अनुसार असिनाका कारण स्याउ खेतिमा पारेको प्रभावले यो वर्ष ७० देखि ८० प्रतिशत स्याउ उत्पादनमा कमि आउने आकंलन गरिएको छ ।जिल्लाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ पाथी क्षेत्रमा मात्रै किसानहरुले २ सय रोपनी क्षेत्रफलमा स्याउ खेति विस्तार गरेको जनाएका छन । गाउँपालिकाको थुम्ती देखि घार्जिर सम्म स्याउखेति हुने गरेको छ ।  गाउँपालिकाको वडा नम्बर १ ३ ४ र ५ नम्बर वडामा स्याउ खेति विस्तार गरिएको पाइएको छ ।

सारथी खबर बाट शाभार

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?