अपि हिमाल गाउँपालिकामा पाक्न थाले स्याउ

३२ साउन  दार्चुला ।

दार्चुलाको अपि हिमाल गाउँपालिकामा स्याउ पाक्न थालेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको स्याउपाक्न थालेको यस क्षेत्रका  स्याउ किसानहरुले बताएका छन । गत वर्ष लगाइएको इटाली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । तर अपि हिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ बजारमा  भने देखिएको छैन । किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् । पछौटे स्याउ पनि पाक्ने क्रम बढ्दै गएको किसानले बताएका छन् । अपि हिमाल गाउँपालिका वडा नम्बर ३ पाथीका स्याउ किसान जनक कार्कीका अनुसार दिन प्रतिदिन अहिले अपि हिमालको स्याउले रङ बढिरहेको बताए ।

जति बढी रङ आयो त्यति नै बढी रसिलो र मीठा हुँदै जाने उहाँको भनाइ छ । अपि हिमालको स्याउ अगामी भाद्रको दोस्रो हप्ताबाट टिप्न सुरु गरिने बताइएको छ । यस वर्ष स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटासमेत हुने भएको छ । गाउँपालिकाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा असिनापानी परेपछि फल नलागेको किसान कार्कीले जानकारी दिनु भयो ।

उहाँका अनुसार असिनाका कारण स्याउ खेतिमा पारेको प्रभावले यो वर्ष ७० देखि ८० प्रतिशत स्याउ उत्पादनमा कमि आउने आकंलन गरिएको छ ।जिल्लाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ पाथी क्षेत्रमा मात्रै किसानहरुले २ सय रोपनी क्षेत्रफलमा स्याउ खेति विस्तार गरेको जनाएका छन । गाउँपालिकाको थुम्ती देखि घार्जिर सम्म स्याउखेति हुने गरेको छ ।  गाउँपालिकाको वडा नम्बर १ ३ ४ र ५ नम्बर वडामा स्याउ खेति विस्तार गरिएको पाइएको छ ।

सारथी खबर बाट शाभार

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?