महाकाली अस्पताललाई अक्सिजन सिलिन्डर वितरण

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले महाकाली अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरेको छ । संघले मंगलबार एक कार्यक्रम गरि अस्पताललाई २ सय अक्सिजन लिलिन्डर वितरण गरेको हो ।

तेस्रो चरणको कोरोनालाई लक्षित गरि अक्सिजन सिलिन्डर वितरण गरिएको संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । ‘स्वास्थ्य मन्त्रालयले तेस्रो चरणको कोरोना आएको बताउँदै तयारी गर्न आग्रह गरेको छ,’ उनले भने, ‘त्यसैको तयारीका लागि अक्सिजन सिलिन्डर वितरण गरिएको हो ।’

महाकाली अस्पतालसँग संघले गरेको सम्झौता अनुसार अहिलेसम्म ५०० सिलिन्डर वितरण गरिएको उनी बताउँछन् । कञ्चनपुरका व्यवसायीहरुको सहयोगमा अक्सिजन सिलिन्डर खरिद गरिएको अध्यक्ष मल्लले बताए । ‘कोरोनाका कारण हामी व्यवसायी पनि प्रभावित भएका छौं,’ उनले भने, ‘तर, पनि हामी कोरोना रोकथामका लागि पहल तथा सहयोग गरिरहेका छौं ।’

कोरोना रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ । ‘सबै नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने, ‘सरकारले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?