दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी

दार्चुला– दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको आइतबार (आज) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए। यो निषेधाज्ञा दार्चुलामा तेस्रो पटक थपिएको हो।

यो भन्दा पहिला प्रशासनले बैशाख २५ देखि ३१ गते सम्मका लागि त्यसपछि बैशाख ३१ देखि जेठ १० गते तथा जेठ १० गते भोली सकिन लागेको निषेधाज्ञा थप गरी पुन २० गते दश दिन निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ।

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?