दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी

दार्चुला– दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको आइतबार (आज) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए। यो निषेधाज्ञा दार्चुलामा तेस्रो पटक थपिएको हो।

यो भन्दा पहिला प्रशासनले बैशाख २५ देखि ३१ गते सम्मका लागि त्यसपछि बैशाख ३१ देखि जेठ १० गते तथा जेठ १० गते भोली सकिन लागेको निषेधाज्ञा थप गरी पुन २० गते दश दिन निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?