मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड

बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ ।

जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी ५३ वर्षीया झिगीदेवी कठायतलाई दमले मुटुमा असर पारेकाले अपराह्न ४ बजेतिर नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको र बीच बाटाबाटै फर्किँदा सुनिकोटमा स्थानीयवासीले आक्रोशमा आएर राति १२ बजे एम्बुलेन्स तोडफोड गर्नाका साथै आफूलाई ज्यान मार्ने धम्कीसहित दुव्र्यवहार गरेको चालक नवराज खड्काले बताए ।

उक्त एम्बुलेन्स तोडफोड गरेको भनी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक यातायात तोडफोड तथा दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ भने मष्टा ६ घर भएका चक्र बोहोरालाई चैनपुर बजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्न भनिएका अन्यको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । रासस /फाइल फोटो 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?