मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड

बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ ।

जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी ५३ वर्षीया झिगीदेवी कठायतलाई दमले मुटुमा असर पारेकाले अपराह्न ४ बजेतिर नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको र बीच बाटाबाटै फर्किँदा सुनिकोटमा स्थानीयवासीले आक्रोशमा आएर राति १२ बजे एम्बुलेन्स तोडफोड गर्नाका साथै आफूलाई ज्यान मार्ने धम्कीसहित दुव्र्यवहार गरेको चालक नवराज खड्काले बताए ।

उक्त एम्बुलेन्स तोडफोड गरेको भनी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक यातायात तोडफोड तथा दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ भने मष्टा ६ घर भएका चक्र बोहोरालाई चैनपुर बजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्न भनिएका अन्यको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । रासस /फाइल फोटो 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?