कानुन व्यवसायीको आचार संहिता र बार काउन्सीलको भूमिका बारे सुदूरपश्चिम प्रदेश स्तरीय अनलाईन कार्यशाला गोष्ठी सम्पन्न

महेन्द्रनगर । नेपाल बार काउन्सिलको आयोजनामा “ नेपाल कानुन ब्यबसायीको आचार संहिता र बार काउन्सिलको भूमिका “ सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरिय जुम छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बार काउन्सिलले विगतमा निर्बाह गरेको,आजको अवस्थामा निर्बाह गरिरहनु परेको र भोली निर्वाह गर्नु पर्ने भुमिका बारे छलफल गरीएको थियो ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका कानुन व्यासायीको मार्याद र भुमिकाको बिकासका लागि निर्बाह गर्ने र गर्नु पर्ने कार्यक्रमहरुको सन्दर्भमा नेपाल बार काउन्सीलको भुमिकाका संदर्भमा (सरोकार वाला निकाय र ब्यक्ति समेत बाट) आफ्नो बिचार सल्लाह सुझाब समेत प्रदान गर्नुका साथै प्राप्त सुझाबहरु अगामी काउन्सीलको बैठकमा पेश गर्ने गरि छलफल समपन्न गरीएको छ ।

नेपाल कानून ब्यबसायी परिसदका केद्रीय पार्सद प्रकाश पाण्डेयले प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अन्य अतिथिहरुको स्वागत गर्दै सहभागिताको लागी धन्यवाद दिदै नियमित रुपमा हरेक महिना कानुनको विषयबस्तुमा नेपाल बार काउन्सिलले सुदूरपश्चिम प्रदेशमा कार्यक्रम गरि रहने र सबैको साथ सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रममा नेपाल बारका अध्यक्ष बरिष्ठ अधिबक्ता चन्द्रेस्वर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने नेपाल बारका महासचिब लिलामणि पौडेल , बार काउन्सील अनुशासन समितिका सदस्य बरिष्ठ अधिबक्ता बोर्ण बहादुर कार्की ( अतिथि बक्ता) , सु.प. सरकारका मा. मुख्य न्यायाधिबक्ता कुलानन्द उपाध्याय विशिष्ट अतिथि रहेका थिए । त्यस्तै नेपाल बार काउन्सिलका ब.प्र.अधिकृत बिदुर सापकोटा, अछाम, डोटी , डडेलधुरा , बझाङ, बैतडी, कैलाली , कन्चनपुर, बाजुरा , बझाङ , दार्चुलाबाट बार यूनिटका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?