सुदूरपश्चिम प्रदेशमा एमाले नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका छन् । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ ।एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। त्यसपछि माओवादीका दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।
केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ । संघिय राज्य व्यवस्थापछि रावल सुदूरपश्चिमकाे दोस्रो मुख्यमन्त्री बन्न लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशले २७ गते मुख्यमन्त्री पाउने छ भने २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।
प्रदेश प्रमुखले २७ गते भित्र दलहरूलाई बहुमत पुराउन २० गते एक साताको समय निर्धारण गरेका थिए । सभामुखका लागि भने पहिलो बैठकले २८ गते निर्वाचनको मिति तय भएको हो ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?