कानुन व्यवसायीको आचार संहिता र बार काउन्सीलको भूमिका बारे सुदूरपश्चिम प्रदेश स्तरीय अनलाईन कार्यशाला गोष्ठी सम्पन्न

महेन्द्रनगर । नेपाल बार काउन्सिलको आयोजनामा “ नेपाल कानुन ब्यबसायीको आचार संहिता र बार काउन्सिलको भूमिका “ सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरिय जुम छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बार काउन्सिलले विगतमा निर्बाह गरेको,आजको अवस्थामा निर्बाह गरिरहनु परेको र भोली निर्वाह गर्नु पर्ने भुमिका बारे छलफल गरीएको थियो ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका कानुन व्यासायीको मार्याद र भुमिकाको बिकासका लागि निर्बाह गर्ने र गर्नु पर्ने कार्यक्रमहरुको सन्दर्भमा नेपाल बार काउन्सीलको भुमिकाका संदर्भमा (सरोकार वाला निकाय र ब्यक्ति समेत बाट) आफ्नो बिचार सल्लाह सुझाब समेत प्रदान गर्नुका साथै प्राप्त सुझाबहरु अगामी काउन्सीलको बैठकमा पेश गर्ने गरि छलफल समपन्न गरीएको छ ।

नेपाल कानून ब्यबसायी परिसदका केद्रीय पार्सद प्रकाश पाण्डेयले प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अन्य अतिथिहरुको स्वागत गर्दै सहभागिताको लागी धन्यवाद दिदै नियमित रुपमा हरेक महिना कानुनको विषयबस्तुमा नेपाल बार काउन्सिलले सुदूरपश्चिम प्रदेशमा कार्यक्रम गरि रहने र सबैको साथ सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रममा नेपाल बारका अध्यक्ष बरिष्ठ अधिबक्ता चन्द्रेस्वर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने नेपाल बारका महासचिब लिलामणि पौडेल , बार काउन्सील अनुशासन समितिका सदस्य बरिष्ठ अधिबक्ता बोर्ण बहादुर कार्की ( अतिथि बक्ता) , सु.प. सरकारका मा. मुख्य न्यायाधिबक्ता कुलानन्द उपाध्याय विशिष्ट अतिथि रहेका थिए । त्यस्तै नेपाल बार काउन्सिलका ब.प्र.अधिकृत बिदुर सापकोटा, अछाम, डोटी , डडेलधुरा , बझाङ, बैतडी, कैलाली , कन्चनपुर, बाजुरा , बझाङ , दार्चुलाबाट बार यूनिटका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?