लायन्सद्धारा लम्कीचुहा नगरपालीकालाई निशुल्क एम्बुलेन्स उपलब्ध

महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालीकालाई लायन्स क्लब अफ लम्कीले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष लायन्स प्रविण पौडेलले नगर प्रमुख महादेव बजगाई संग लिखित सम्झौता गरी २ महिनाका लागी क्लबको नाममा रहेको से १ च १४०९ नम्बरको एम्बुलेन्स निशुल्क हस्तान्त्रण गरेका हुन् ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस विरुद्ध लड्न तथा नगरपालीकाद्धारा सञ्चालित कोरोना न्यूनिकरण अभियानमा टेवा पुगो भन्ने उद्देश्यले लायन्स क्लब अफ लम्कीले २ महिनाका लागी निशुल्क एम्बुलेन्स उपलब्ध गराएको अध्यक्ष पौडेलले बताए ।

लायन्सको उत्त कार्यप्रति नगरप्रमुख बजगाईले हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन् । लायन्स क्लब अफ लम्कीले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?