लायन्सद्धारा लम्कीचुहा नगरपालीकालाई निशुल्क एम्बुलेन्स उपलब्ध

महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालीकालाई लायन्स क्लब अफ लम्कीले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष लायन्स प्रविण पौडेलले नगर प्रमुख महादेव बजगाई संग लिखित सम्झौता गरी २ महिनाका लागी क्लबको नाममा रहेको से १ च १४०९ नम्बरको एम्बुलेन्स निशुल्क हस्तान्त्रण गरेका हुन् ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस विरुद्ध लड्न तथा नगरपालीकाद्धारा सञ्चालित कोरोना न्यूनिकरण अभियानमा टेवा पुगो भन्ने उद्देश्यले लायन्स क्लब अफ लम्कीले २ महिनाका लागी निशुल्क एम्बुलेन्स उपलब्ध गराएको अध्यक्ष पौडेलले बताए ।

लायन्सको उत्त कार्यप्रति नगरप्रमुख बजगाईले हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन् । लायन्स क्लब अफ लम्कीले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?