कैलालीका पाँच पालिकालाई १० लाख ४० हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रेम जोशी
बैशाख १६ चौमला
कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि कैलालीका पाँच पालिकालाई आवश्यक सामाग्री प्रदान गरिएको छ ।

सामाजिक बिकासका लागि सचेत समाज ९सिएसएसडी०, बालकल्याण संघ , दिगो बिकास र वाल्डभिजन नेपालको सहयोगमा क्वारेन्टाईन व्यवस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरीएको छ ।

कैलारी गाउँपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकालाई क्वारेन्टाईन व्यवस्थापन गर्नका लागी आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ ।

जसमा ८ क्वीन्टल चामल, ३६ वडा सेनेटाईजर, १ सय ३१ साबुन, ३ वटा जग, ३ वटा बाटा, ४० ओटा त्रिपाल, ३ वटा रसी, २० वटा मन्छरदानी झुल, २० वटा बल्यान्केट, ३ वटा पिफम र ५ वटा पिपिए हस्तान्तरण गरीएको बताईएको छ ।

एउटा पालिकामा २ लाख ८ हजार रुपैयाँ बराबरको सामग्री गरि ५ वटा पालिकामा १० लाख ४० हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको सामाजिक विकासका लागी सचेत समाज ९सिएसएसडी०,कैलालीका प्रचाकल प्रम चौधरीले बताउनु भयो । सो सामग्रीहरु कोरोनाको सभावित खतराबाट जोगाउन सहयोग पुर्याउने उद्धेश्यले प्रदान गरिएको हो ।

समाग्रीरी ग्रहण गर्दै स्थानीय तहका प्रमुखहरुले सामाजिक बिकासका लागि सचेत समाज [सिएसएसडी], बालकल्याण संघ , दिगो बिकास र वाल्डभिजन सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको छ ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?