कैलालीका पाँच पालिकालाई १० लाख ४० हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रेम जोशी
बैशाख १६ चौमला
कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि कैलालीका पाँच पालिकालाई आवश्यक सामाग्री प्रदान गरिएको छ ।

सामाजिक बिकासका लागि सचेत समाज ९सिएसएसडी०, बालकल्याण संघ , दिगो बिकास र वाल्डभिजन नेपालको सहयोगमा क्वारेन्टाईन व्यवस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरीएको छ ।

कैलारी गाउँपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकालाई क्वारेन्टाईन व्यवस्थापन गर्नका लागी आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ ।

जसमा ८ क्वीन्टल चामल, ३६ वडा सेनेटाईजर, १ सय ३१ साबुन, ३ वटा जग, ३ वटा बाटा, ४० ओटा त्रिपाल, ३ वटा रसी, २० वटा मन्छरदानी झुल, २० वटा बल्यान्केट, ३ वटा पिफम र ५ वटा पिपिए हस्तान्तरण गरीएको बताईएको छ ।

एउटा पालिकामा २ लाख ८ हजार रुपैयाँ बराबरको सामग्री गरि ५ वटा पालिकामा १० लाख ४० हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको सामाजिक विकासका लागी सचेत समाज ९सिएसएसडी०,कैलालीका प्रचाकल प्रम चौधरीले बताउनु भयो । सो सामग्रीहरु कोरोनाको सभावित खतराबाट जोगाउन सहयोग पुर्याउने उद्धेश्यले प्रदान गरिएको हो ।

समाग्रीरी ग्रहण गर्दै स्थानीय तहका प्रमुखहरुले सामाजिक बिकासका लागि सचेत समाज [सिएसएसडी], बालकल्याण संघ , दिगो बिकास र वाल्डभिजन सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?