विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन

कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार सञ्चालन र अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई निरन्तरता दिने विषयमा स्थानीय सरोकारवालाबीच एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ।

ल्क्ष्म्क् नेपाल र अक्सफामको सहयोगमा सञ्चालित क्ऋइएभ् च्घ परियोजना अन्तर्गत आइतबार महेन्द्रनगरमा भीमदत्त, दोधारा चाँदनी तथा वेदकोटका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा छलफल आयोजना गरिएको हो। विपद्का समयमा समेत बजार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उपायबारे छलफल गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

छलफलमा विपद् आउनुअघि नै व्यवसायी तथा सम्बन्धित निकायले आवश्यक तयारी गर्नुपर्ने, अत्यावश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्ने तथा आपूर्ति प्रणाली अवरुद्ध हुन नदिन स्थानीय सरकार, व्यवसायी, वित्तीय संस्था र अन्य सरोकारवालाबीच समन्वय आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

सहभागी उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले कार्यक्रम अत्यन्तै व्यावहारिक र उपलब्धिमूलक रहेको बताए। विपद्का समयमा आवश्यक सामग्रीको आपूर्ति कसरी सहज बनाउने र व्यवसायीहरू त्यसका लागि कसरी तयारी अवस्थामा रहने भन्ने विषयमा छलफलबाट महत्वपूर्ण कुरा सिक्ने अवसर मिलेको उनले बताए।

उनका अनुसार विपद्को समयमा व्यवसाय सञ्चालन निरन्तर राख्न पूर्वतयारी, जोखिमको पहिचान, आवश्यक सामग्रीको व्यवस्थापन तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य हुन्छ।

त्यसैगरी दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले छलफल कार्यक्रमबाट विपद् आउनुअघि आवश्यक पर्ने योजना र तयारीका विषयमा महत्वपूर्ण छलफल भएको बताए। बजार सञ्चालन नै अवरुद्ध भए विपद्सँग जुध्न थप कठिनाइ हुने भएकाले बजार प्रणालीलाई पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

NEEDS नेपाल र अक्सफामको सहयोगमा सञ्चालित SCOPE R THREE परियोजनाका अधिकृत दिव्यदेव पण्डितले विपद्का बेला समुदायलाई अत्यावश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन व्यवसायी, स्थानीय सरकार तथा अन्य सरोकारवालाबीच समन्वय र पूर्वतयारी आवश्यक रहेको बताए। विपद्का समयमा बजारमा आवश्यक वस्तुको अभाव हुन नदिन आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था, उद्योग वाणिज्य संघ, बजारका व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफल कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विज्ञ केशव दत्त भट्टले विपद्का समयमा बजार सञ्चालनलाई कसरी निरन्तरता दिने भन्ने विषयमा प्रशिक्षणसमेत दिएका थिए। उनले विपद्का बेला व्यवसाय सञ्चालनमा आउन सक्ने जोखिम, आपूर्ति प्रणालीमा पर्न सक्ने असर तथा त्यसबाट बच्न व्यवसायीले अपनाउनुपर्ने पूर्वतयारीका विषयमा जानकारी गराएका थिए।

सरोकारवालाहरूले विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित नराखी बजार, व्यवसाय तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई समेत विपद् पूर्वतयारीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका छन्।

विपद्का बेला खाद्यान्न, औषधि, खानेपानी तथा अन्य अत्यावश्यक वस्तुको अभाव हुन नदिन स्थानीय तह, निजी क्षेत्र र समुदायबीच पूर्वसमन्वय तथा स्पष्ट कार्ययोजना निर्माण गर्नुपर्ने सहभागीहरूको निष्कर्ष थियो।

ताजा खबर

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?