उदयदेव बहुदउेश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत

कञ्चनपुर ०१, मंसिर
राष्ट्रीय कर दिवश २०८२ को अवशरमा कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको छ ।
राष्ट्रीय कर दिवश २०८२ को अवशरमा कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको हो । सोमवार आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले कर दिवश २०८२ को अवशरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रमको आयोजना गर्देै उदयदेव बहुउदेश्यीय सहकारी संस्था लाई उत्कृष्ट करदाताको रुपमा सम्मानीत गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका वाड नम्वर १८ मा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था जिल्ला भरीमा रहेका ३३ हजार करदाता मध्ये सबै भन्दा बढि २ करोड, १५ लाख, २३ हजार, १७५ रुपैया कर बुझाएर रुपमा सम्मानीत भएको हो । कञ्चनपुरको सबै भन्दा पुरानो उदयदेव बहुउदेश्यीय सहकारी २६ हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने सहकारीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । सस्थाले गत आर्थिक वषर््ृमा पारिश्रमिक समाजिक सुरक्षा बाफत १५ लाख, ७५ हजार ७६, बैठक भत्ता ९९ हजार, ९ सय, व्यक्तिगत, एकलौटी तथा प्रालि कर ४६ हजार, २ सय ५०, ब्याज कर ७६ लाख, २९ हजार, १ सय १, लाभान्स कर १८ लाख, ३३ हजार २ सय ८, घर बहाल कर १ लाख, ५६ हजार ९ सय ६, गत आर्थिक बर्ष ०८१÷०८२ को आय कर १ करोड, १ लाख, ६७ हजार, ९ सय ६८ रुपैया गरेर २ करोड, १५ लाख, २३ हजार, १७५ रुपैया कर चुक्ता गरेको हो । सहकारीले महेन्द्रनगरसहित दोधारा–चाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, कैलालीको अत्तरिया, डडेल्धुरा र बैतडीमा शाखा मार्फत कारोबार गरिहेको छ भने कृषि प्रवद्र्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बीउ–बिजन प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ । पछिल्ला बर्षहरुमा विभिन्न सहकारी संस्थाहरु आर्थिक अनियमितताका कारण बदनाम भईरहेका बेला उदयदेव उत्कृष्ट करदातामा घोषित भएसंगै सहकारी पनि देश समाज निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको उदाहरणीय बनेको छ ।
उत्कृष्ट करदाताको रुपमा सम्मानीत भए पश्चात आफ्नो भनाई राख्दै उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष नारा जोशीले संस्थाको २६ वर्षको लगन र मिहेनतले आज उतकृष्ट करदातको रुपमा सम्मान पाएको वताउदै सहयोगि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाले कर नै देशको उन्नतीको मुल आधार रहेको वताउदै जुन देशका नागरिकहरु देशको उन्नतकिा लागी सहजै करको दायरामा आउछन त्यो देशको उन्नती सहज रुपमा हुने समेत वताउनु भयो ।
यसै गरि आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले कर दिवश २०८२ को अवशरमा आयोजना गरेको उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै कञ्चनपुर उद्योग वाणिजय संघका अध्यक्ष पिताम्वर जोशीले कुनै पनी देशको विकासमा व्यवशायीहरको अहम भुमिका रहने भए पनी नेपालमा जति कर तिरे पनी करदाताको सम्मान र व्यवशायको सुरक्षा सरकारले गर्न नसेकेको आरोप लगाउनु भयो । सुरक्षित र भयरहित वातावरणमा व्यवशाय गर्न नसक्दा व्यवशायीहरु निरुत्साहित भएको समेत उहाले वताउनु भएको छ ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख विजय भुषालले करदाता स्वयंले आफ्नो करको स्वघोषणा गरेर करको दायरामा आउन सक्ने वताउदै करदाताको सहजताको लागी सरकारले काम गरिरहेको वताउनु भयो । साथे उहाले करदाताको सहजताका लागी अनलाईन प्रविधि लगायतको विकास गरेर काम भईरहेको समेत वताउनु भयो ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?