भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता बिरुद्ध माओवादी एक्सनमा

केशव थापा
कञ्चनपुर ५ साउन ।
कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा हुने बेतिथि, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता बिरुद्ध नेकपा माओवादी केन्द्रले एक्सन थालेको छ । प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रले जिल्लाका विभिन्न सरकारी कार्यालयमा हुने बेतिथि, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता बिरुद्ध नेकपा माओवादी केन्द्रले एक्सन थालेको हो ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता जगत बहादुर धामीले नागरिकmलाई सेवा दिने कार्यालयबाट शिघ्र सेवा प्रवाहको साटो भ्रष्टाचार, अनियमिततामा लिप्त हुने जन गुनासो आएपछि डेलिगेशन दिन थालेको बताए । उनले जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न सेवा प्रदायक सरकारी कार्यालयबाट अभियान थालिएको
बताए । उनका अनुसार भीमदत्त नगरपालिका सहित सडक, सिँचाई पूर्वाधार, महाकाली सिँचाई तेस्रो चरण, कृषि, विद्युत, धान जोन, जलस्रोत, डिभिजन वन, भेटेनरी, महाकाली अस्पताल सहितका कार्यालयमा डेलिगेशन सहित ज्ञापन पत्र बुझाईएको छ । उनका अनुसार गत विगतका आर्थिक बर्षमा सम्पन्न भएका योजनाको विवरण, उनीहरुको भौतिक एव वित्तिय प्रगति लगायतका विवित पक्षमा सुचना माग गरिएको छ । माओवादी केन्द्र सुप प्रदेशका सदस्य तथा सूचना संकलन तथा भ्रष्टाचार नियन्त्रण संयोजक दिपक साउद९शेखर०ले जनहितमा काम गर्ने माओवादी पाटी सरकार नहुँदा सरकारी कार्यालयमा मौलाएको भ्रष्टाचार न्युनिकरणका लागि सकृयतापुर्वक लागेको बताए । ‘पाटी सरकार छैन, तर हामी प्रमुख प्रतिपक्षी भएर सदन र सडकमा बलियो भएर सुशासन विकास र जनहितका पक्षमा सघर्षमा छौँ, उनले भने, ‘तपाईको कार्यालयबाट बेथिति, अत्याचार नगर्नु, जनतालाई सेवा दिनु होला ।’ भ्रष्टाचार बिरुद्ध अभियानमा संयोजक शिखर सहित नेता आनन्द सिह धामी, जगत बहादुर धामी, कमल नेपाली, कविराज धामी९तुफान०, तेजेन्द्र ऐर, भुवन कुँवर, पदमराज जोशी, बासुदेव घिमिरे, प्रेस सेन्टर उपाध्यक्ष धर्मराज कठायत सहितका माओवादी नेता कार्यकर्ताहरुले जनपक्षीय कामका लागि सरकारी कार्यालयका प्रमुख सहितको ध्यानाकर्षण गराएका छन । जिल्ला मुकामबाट शुरु गरिएको अभियान जिल्लाभरी संचालन गरेर बेथिति अन्त्य गर्दै जनतालाई सुशासन दिलाउने माओवादीकोे संकल्प रहेको छ । सरकारी कार्यालयमा हुने ढिलासुस्ती सेवाग्राहीलाई अनावश्यक दिने दुखले हैरान भएका जनता माओवादी अभियानबाट सुशासनको अपेक्षामा रहेका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?