निजामती कर्मचारी आवासीय विद्यालयद्वारा अभिभावकसग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 
डोटी , बैशाख १५ सुदूरपश्चिम प्रदेश डोटी दियालयमा रहेको निजामती कर्मचारी आवासीय विद्यालयका नव नियुक्त प्रद्यानाध्यापकको स्वागत एव अभिभावकसंग अन्तरक्रिया गरेको छ ।

विद्यालयले चालु शैक्षिक सत्र ०८२ को विद्यार्थी भर्ना शैक्षिक पठन पाठनदेखि नव नियुक्त प्रद्यानाध्यापक देवकी भट्टलाई फुलमाला लगाएर स्वागत गरेको हो । विद्यालय संचालक समितिले शिक्षिका भट्टलाई निमित्त प्रद्यानाध्यापककोे जिम्मेबारी दिईएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रधानाध्यापक देवकी भट्टले विद्यालयको गुणस्तर वृद्धि, विद्यार्थीहरूको समग्र विकास र शिक्षक(अभिभावक सहकार्यको महत्वमा जोड दिनुभयो।

उनले विद्यालय सुधारका लागि अभिभावकज्यूहरूबाट सकारात्मक सुझाव र निरन्तर सहयोग अपेक्षा गर्नुभयो। अभिभावकज्यूहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन, भौतिक पूर्वाधार सुधार र अतिरिक्त क्रियाकलाप सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेकी थिएन । प्रधानाध्यापक भट्ट सहित शिक्षकहरुले अभिभावकहरूका सुझावहरूलाई गम्भीरतापूर्वक लिएर विद्यालय सुधारको कार्ययोजनामा समेट्ने प्रतिबद्धता जाहेर गरेका छन ।

शिक्षक मनोहर भट्टले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्तममा शिक्षक, अभिभावक सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?