निजामती कर्मचारी आवासीय विद्यालयद्वारा अभिभावकसग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 
डोटी , बैशाख १५ सुदूरपश्चिम प्रदेश डोटी दियालयमा रहेको निजामती कर्मचारी आवासीय विद्यालयका नव नियुक्त प्रद्यानाध्यापकको स्वागत एव अभिभावकसंग अन्तरक्रिया गरेको छ ।

विद्यालयले चालु शैक्षिक सत्र ०८२ को विद्यार्थी भर्ना शैक्षिक पठन पाठनदेखि नव नियुक्त प्रद्यानाध्यापक देवकी भट्टलाई फुलमाला लगाएर स्वागत गरेको हो । विद्यालय संचालक समितिले शिक्षिका भट्टलाई निमित्त प्रद्यानाध्यापककोे जिम्मेबारी दिईएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रधानाध्यापक देवकी भट्टले विद्यालयको गुणस्तर वृद्धि, विद्यार्थीहरूको समग्र विकास र शिक्षक(अभिभावक सहकार्यको महत्वमा जोड दिनुभयो।

उनले विद्यालय सुधारका लागि अभिभावकज्यूहरूबाट सकारात्मक सुझाव र निरन्तर सहयोग अपेक्षा गर्नुभयो। अभिभावकज्यूहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन, भौतिक पूर्वाधार सुधार र अतिरिक्त क्रियाकलाप सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेकी थिएन । प्रधानाध्यापक भट्ट सहित शिक्षकहरुले अभिभावकहरूका सुझावहरूलाई गम्भीरतापूर्वक लिएर विद्यालय सुधारको कार्ययोजनामा समेट्ने प्रतिबद्धता जाहेर गरेका छन ।

शिक्षक मनोहर भट्टले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्तममा शिक्षक, अभिभावक सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?