एनआरएनए साउदी अरबको नवौं महाधिवेशनपछिको कार्य प्रगति, ५२ हजारभन्दा बढी श्रमिक लाभान्वित

साउदी अरव १४ बैशाख ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आएको छ।
पहिलो महिला अध्यक्ष रबिना अर्यालको नेतृत्वमा निर्वाचित कार्यसमितिले “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै जनहितमा समर्पित कार्यहरू गरिरहेको छ ।
साउदीको रियादस्थित राजदूतावास र जेद्धास्थित महावाणिज्य दूतावासको समन्वयमा देशका प्रमुख शहरहरू – दमाम, जुबेल, रियाद, अलकासिम, जिजान, आब्बा, खमिस, ताबुक र जेद्धामा राहदानी शिविर र श्रमिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ । यसअन्तर्गत ३० हजार ,९१७ जनालाई राहदानी वितरण तथा २१ हजार ५६४ जनाको प्रि–इन्लोल्मेन्ट अनलाइन फारम संकलन गरिएको छ । साथै, अलकासिम र जेद्धामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७९ जना लाभान्वित भएका छन् ।
श्रमिक पीडितहरूका लागि समेत संघले उल्लेखनीय काम गर्दै आएको छ । ५ जना श्रमिकलाई एकतर्फी हवाई टिकट प्रदान गरिएको छ भने २८ जनाभन्दा बढी श्रमिकलाई राहत वितरण र स्वदेश फिर्तीमा सहजीकरण गरिएको छ । हालसम्म कुल ५२ हजार ५१४ जना प्रवासी नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
संघअन्तर्गतका ६ क्षेत्रीय समन्वय समितिहरूको सहकार्यमा विभिन्न शहरहरूमा “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र सामुदायिक संस्थाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमहरू पनि सम्पन्न गरिएको छ ।
नेपालमा गएको प्राकृतिक विपत्तिपछिको उद्धार तथा सहयोगका लागि संघले ३ लाख ८१ हजार २२७ रूपैयाँ र २ लाख ७० हजार ८४९ रूपैयाँ गरी केन्द्रमा राहत रकमान्तर गरेको छ । साथै, कार्यकालअवधिमा निधन भएका दुई सदस्यका परिवारलाई जनही ५० हजार रूपैयाँ राहत प्रदान गरिएको छ ।
जेद्धास्थित महावाणिज्य दूतावासको नेतृत्वमा दुर्गाबहादुर सुनारको उद्धारका लागि १५ हजार ८१७ साउदी रियाल, दामोदर क्षेत्रीको उद्धारमा ३ हजार ५०० रियाल, एक श्रमिकको जरिवाना भुक्तानीमा १ हजार ५०० रियाल, सडक दुर्घटनामा खुट्टा गुमाएका जनकलाल वाईवाललाई २ हजार ९५८ रियाल सहयोग गरिएको छ ।
“ध्ब्ँँ ऋजबmउष्यलकजष्उ २०२४” मा सहभागी नेपाली महिला फुटबल टोलीलाई जेद्धा क्षेत्रीय समिति र स्थानीय संघसंस्थाको सहकार्यमा ६ हजार ७२१ साउदी रियालसहित सम्मानपत्र प्रदान गरिएको छ।
संघले हालसम्म करिब १७ लाख ८१ हजार ४३५ रूपैयाँ बराबरको आर्थिक राहत तथा सहयोग वितरण गरेको छ। साथै, ११ वटा बैठक सम्पन्न गरी वैदेशिक रोजगारीका सवालमा श्रमिकहितका लागि नीति तथा ऐनको कार्यान्वयन गर्न उच्च तहमा ज्ञापनपत्र बुझाइएको छ ।
साउदीको पूर्वी प्रान्तमा वाणिज्य दूतावास वा श्रमिक सम्पर्क कार्यालय स्थापनाको माग गर्दै परराष्ट्र मन्त्रालयमार्फत औपचारिक निवेदन समेत बुझाइएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?