हिम्मतपुर बिओपीका इन्चार्ज ईन्सपेक्टर विष्टलाई पुरस्कार

धन सिंह धामी
कञ्चनपुर,०९ माघ
सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेशमा कार्यरत एक सशस्त्र प्रहरी अधिकृत पुरस्कृत भएका छन ।
कैलालीको हिम्मतपुर बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक त्रिभुवन विष्ट पुरस्कृत भएका हुन ।
सशस्त्र प्रहरी बल नेपाल ७नम्बर बाहनीले सशस्त्र प्रहरी निरीक्षक(ईन्सपेक्टर) विष्टलाई पुरस्कृत गरेको छ । सुप प्रदेश भरीका बिओपी मध्ये भजनी नगरपालिका ७ स्थित हिम्मतपुरका इन्चार्ज विष्टलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपक अधिकारीले ईन्सपेक्टर विष्टलाई प्रसंसा पत्रका साथै अवार्ड प्रदान गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बाहिनी कार्यालयले प्रदेशभरीका बिओपी सहित इन्चार्जको मुल्याङकन गरेर पुस्कार प्रदान गरेपछि आगामी दिनमा थप कार्य क्षेत्रमा उर्जा थपेको प्रहरी निरिक्षक त्रिभुवन विष्टको भनाईछ । यस अघि पनि विष्ट कञ्चनपुरका विभिन्न बिओपी सहितका युनियनमा काम गर्दा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत एव नागरिक स्तरबाट समेत प्रसंसा गरिएको थियो ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?