
सन्जु महर
कञ्चनपुर,०४ पौस ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयद्धारा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीलाई जर्सी वितरण गरीएकोछ ।
कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले आगामी १६ औं नगर स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका सहभागि दुई विद्यालयका विद्यार्थीलाई जर्सी वितरण गरेको हो ।
कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सिंह साउँदले प्रतियोगितामा सहभागि विद्यालयद्धय उदयमावि बंक र सरस्वती मावि बाणिका ४०÷४० जना विद्यार्थीहरुलाई जर्सी वितरण गरेको बताए । वडा अध्यक्ष साउँदले खेलाडीको हौसला र प्रेणाका लागि जर्सी वितरण गरेको बताए ।
सरस्वती मावि बाणिका प्रअ अम्बादत्त बडु र उदयमावि बकंका प्रम बम्मन रानाले वडा कार्यालयबाट वितरण गरीएको जर्सीले प्रतियोगितामा विद्यार्थीहरुलाई सहज हुने बताएका छन ।
वडा कार्यालयबाट जर्सी पाएपछि खेलाडीहरु उत्साहीत भएका छन ।




