बेलडाँडीको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार विमल धामीलाई सम्मान

कञ्चनपुर, मंसिर २८
कञ्चनपुरका युवा पत्रकार विमल धामीलाई सम्मान गरिएको छ । कृषि, स्वास्थ्य, स्थानीय विकास, सुशासनलगायत समग्र बेलडाँडीको विकासका लागि निरन्तर कलम चलाउँदै आएका निडर स्वतन्त्र युवा पत्रकार धामीलाई बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले सम्मान गरेको जनाएको छ । शनिबार सहकारीको ९ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार धामीलाई दोसल्ला, माला, नगद र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको छ । पत्रकार धामीलाई सम्मान कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष कमला रेग्मी जोशीले जनताको पक्षमा निडरताका साथ सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकार धामीलाई सम्मान गरिएको बताइन् । स्थानीय समस्या, विकास र जनचासोका विषयलाई निरन्तर उठाउँदै आएका पत्रकार धामीको यो सम्मानले निष्पक्ष र जिम्मेवार पत्रकारितालाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतनमा सदस्य समेत रहेका पत्रकार धामी झण्डै दशकदेखि पत्रकारितामा सकृय छन । उक्त सहकारीले पत्रकार धामीले बेलडाँडीको दीगो विकास, सम्बृद्धिका लागि उठान गरेका विषयलाई आउँदो पुस्ता समेत लाभात्वित हुने जनाएको छ । पत्रकार धामीले सम्मान पुरस्कारबाट आगामी दिनमा थप कार्यक्षेत्रमा उत्साह थपिदिएको बताए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?