बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४
कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्नका लागि सबल बालिका सबल समुदाय परियोजना लागु भएको छ । प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान०को संयुक्त साझेदारीमा ‘सबल बालिका सबल समुदाय’ परिजना लागु भएको हो ।
बुधबार जिल्लाका परियोजना सल्लाहकार समितिसंग आयोजित छलफल कार्यक्रलममा प्लान ईन्टरनेशलका कार्यक्रम अधिकृत रमेश घिमिरेले बालविवाह निरन्तर हुन थालेपछि रोक्नका लागि कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा उक्त कार्यक्रम लागु भएको छ । कञ्चनपुरको भीमदत्त नगरका १, ३, १३ र दोधाराचाँदनी नगरका ३, ७ , १० वडाहरुमा कार्यक्रम लागु हुनेछ । दुवै पालिका ६ वडाहरुमा २का दरले १२ वडा किशोरी क्लब समुह गठन गरिएको, अभिभावक, सरोकारवालासंग सचेतना कक्षा संचालन गरिएको बताए ।
आगामी दिनहरुमा समेत सचेतना सहितका विवित कार्यक्रम गरेर बाल विवाह रोकिने छ । वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान० अध्यक्ष डा। तिलमाया ढकालले समाजमा बढिरहेको बाल विकास रोक्नका लागि सरोकारवाला सजक हुनुपर्ने बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बाल विकास रोक्नका लागि सरोकारवाला सकृय हुनुपर्ने बताए । जिसस प्रमुख बोहराले पालिका थप जिम्मेबार हुनुपर्ने बताए ।विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीहरुले बाल विवाह न्यूनिकरणमा जोडदिएका थिए ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?