बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४
कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्नका लागि सबल बालिका सबल समुदाय परियोजना लागु भएको छ । प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान०को संयुक्त साझेदारीमा ‘सबल बालिका सबल समुदाय’ परिजना लागु भएको हो ।
बुधबार जिल्लाका परियोजना सल्लाहकार समितिसंग आयोजित छलफल कार्यक्रलममा प्लान ईन्टरनेशलका कार्यक्रम अधिकृत रमेश घिमिरेले बालविवाह निरन्तर हुन थालेपछि रोक्नका लागि कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा उक्त कार्यक्रम लागु भएको छ । कञ्चनपुरको भीमदत्त नगरका १, ३, १३ र दोधाराचाँदनी नगरका ३, ७ , १० वडाहरुमा कार्यक्रम लागु हुनेछ । दुवै पालिका ६ वडाहरुमा २का दरले १२ वडा किशोरी क्लब समुह गठन गरिएको, अभिभावक, सरोकारवालासंग सचेतना कक्षा संचालन गरिएको बताए ।
आगामी दिनहरुमा समेत सचेतना सहितका विवित कार्यक्रम गरेर बाल विवाह रोकिने छ । वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान० अध्यक्ष डा। तिलमाया ढकालले समाजमा बढिरहेको बाल विकास रोक्नका लागि सरोकारवाला सजक हुनुपर्ने बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बाल विकास रोक्नका लागि सरोकारवाला सकृय हुनुपर्ने बताए । जिसस प्रमुख बोहराले पालिका थप जिम्मेबार हुनुपर्ने बताए ।विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीहरुले बाल विवाह न्यूनिकरणमा जोडदिएका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?