कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९

कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग अघि सार्दै नेकपा(माओवादी) निकट विद्यार्थी सगठन अखिल समाजवादीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार अखिल समाजवादीले सार्वजनिक सरकारी निकायमा बढिरहेको बेथिति नियन्त्रणको माग अघि सार्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको छ ।

अखिल समाजवादीका केन्द्रीय महासचिव प्रकास जप्रेलले जेनजी आन्दोलनका योद्धाहरुमाथि अन्याय गर्न थालेसंगै आन्दोलनबाट झन सरकारी निकाय भ्रष्टीकरण, कमिसनमा लिप्त भएकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको बताए । अखिल समाजवादीका जिल्ला संयोजक ललित मिश्रद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ८बुँदे माग अघि सारिएको छ । कञ्चनपुरमा भ्रष्टाचारी व्यक्ति, दलका नेता, कार्यकर्ता, वर्तमान सासंसदका मन्त्री, जनप्रतिनिधी, ठेकेदार, उच्च पदस्थ कर्मचारी र उनीहरुमा घर परिवार, आफन्तको अवैध सम्पत्ती छानबिन गरेर कार्बाही गर्नुपर्ने, जेनजीमाथि दमन गर्ने गृहमन्त्री, प्रधानमन्त्री, प्रशासन, प्रहरी प्रमुखलाई कार्बाही, जेनजी आन्दोलनको निष्पक्ष छानबिन, भारतबाट आयात हुने गैर कानुनी बस्तुको नियन्त्रण, लागु औषध नियन्त्रण, भन्सार तस्करी रोकवाटको माग अघि सारिएको छ । अखिल समाजवादीले उठान गरेका मागमा प्रशासनले ध्यानाकर्षण भएको जनाएको

छ ।

ताजा खबर

युवाबर्ष माविद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

  कञ्चनपुर, मंसिर १९ कञ्चनपुरको एक सामुदायिक विद्यालयले नेपाल पत्रकार महासंघका...

बरिष्ठ अधिवक्ता चन्दद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

धनसिह धामी  कञ्चनपुर, मंसिर १८  कञ्चनपुरका एक कानुन व्यवसायी(बरिष्ठ अधिवक्ता) पूर्ण...

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?