होली फेम्ली स्पोर्टस एकेडेमीको क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु

धन सिंह धामी
कञ्चनपुर २६ चैत ।
कञ्चनपुरमा रहेको होली फेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प सञ्चालन गरी रहेको छ ।
मंगलबार भीमदत्त नगरपालिका–१० तिलकेनी होली फेम्ली स्कुल प्राङ्गणमा १२ दिने क्रिकेट टे«निङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्पको उद्घाटन गरीएको हो ।

यहि चैत २६ गते देखि २०८२ बैशाख ६ गते सम्म चल्ने प्रशिक्षण क्याम्प कार्यक्रमको अध्यक्षतामा होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव प्रशाद भट्ट रहेका थिए भने प्रमुख अतिथिमा कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्द र बिशिष्ट अतिथिमा कञ्चनपुर तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र केसि लगायत विभिन्न सरोकारवाला शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकको उपस्थिीति रहेको थियो ।

गुणस्तरीय शिक्षाका साथै निःशुल्क खेलकुद प्रशिक्षणलाई निरन्तरता दिदै आएको विद्यालयले अहिले पनि थप स्तरीय कार्ययोजनाको साथ कार्यक्रम ल्याएको स्पोर्टका उपाध्यक्ष भट्टले बताएका छन ।
खेल क्षेत्रको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफुलाई चिनाउन सफल भएका खेलाडिहरुलाई सम्झदै आफु र आफ्नो टिम सदैव खेलाडीहरुको उज्जवल भविष्यको लागी निरन्तर खटिने प्रमुख अतिथि चन्दको भनाई रहेको थियो ।
यसैगरी शिक्षा सगै स्वास्थ्य रहनको लागि खेलकुद पनि अनिवार्य रहेकाले अन्य विद्यालयहरुले पनि यस बिषयमा केन्द्रित हुनुपर्ने कुरामा तेक्वान्दो प्रशिक्षक मोहन प्रताप गुरुङ्गले जोड् दिएका थिए ।
उक्त आयोजित कार्यक्रममा शुभकामना मन्तब्य नारायण दत्त भट्टले राख्नु भएको थियो भने प्राचार्य कृष्णदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?