डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८
कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर अध्ययन गरेपछि न त जिल्ला छाडेर राजधानी बसे, न त विदेश हुईकिए, उनी केबल आफ्नै मातृभूमि सुदुरपश्चिम प्रदेश कञ्चनपुरमै निर्माण व्यवसाय गरिरहेका छन ।
एमबिए उत्र्तिण गरेका बृजकिशोर अहिले एक दशकदेखि निर्माण व्यवसाय क्षेत्रमा जुटेका छन । भीमदत्त नगरपालिका३महेन्द्रनगर कञ्चनपुरका युवा निर्माण व्यवसायी चन्दले निर्माण व्यवसाय क्षेत्रमा नामजस्तै काम गरेर छुट्टै छवि बनाएका छन ।
शिवशंकर डेभलपर्सका संचालक समेत रहेका चन्द आउँदो शनिबार २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको सचिव पदको दौडमा छन । उच्च शिक्षा अध्ययन गरेर सरकारी जागिरदेखि अन्य विदेशीने रहर तिलाञ्जली दिएर चन्दले निर्माण क्षेत्र देश विकासका लागि महत्वपूर्ण रहेको निष्कर्ष निकाल्दै आफ्नै मातृभूमिबाट व्यवसाय गरिरहेका छन ।
उनले स्थानीयदेखि जिल्ला बाहिर जिम्मा पाएको कामको सफलतापुर्वक समयमै, गुणस्तरिय निर्माण गरेको भन्दै पालिका सहितका विभिन्न सरकारी, सार्वजनिक निकाय कार्यालयबाट सम्मान पुरस्कार पाएका छन । यस अघि सघको सदस्य भएका चन्द अहिले पदाधिकारी बनेर संघलाई पारदर्शी बनाउने, सरकारी कार्यालय र व्यवसायीविच समन्वय सहकार्यका माध्यमबाट दिगो विकास निर्माणका कामकाज संचालन गर्ने, निर्माण व्यवसायलाई स्वच्छ, निष्पक्ष, पारदर्शी गुणस्तरिय बनाउने उनका चुनावी एजेण्डा रहेका छन ।
निरञ्जन प्रशाद भट्ट प्यानलबाट सचिवका उम्मेदवार चन्दलाई चौतर्फि रुपमा बलिया रुपमा हेरिएका छन । चन्द सहित उनको प्यानल मतदाताहरुसंग भेटघाट गर्दै आफु सहित टिमलाई जिताउन आग्रह अपिल गरिरहेका छन । ‘हामीभन्दा जेष्ठ अगुवा निर्माण व्यवसायीको अनुभव, सुझाव सल्लाह अनुरुप अघि बढ्छु, ‘उनले भने, ‘युवाहरुलाई रहरको शहर होईन आफ्नै मातृभूमिमा सम्भावना भएकाले यतै व्यवसायमा उत्प्रेरित गराउँछु ।’ सघमा सबैलाई समेटेर कञ्चनपुरमा निर्माण व्यवसायलाई आत्मसम्मानका साथै दीगो विकास तर्फ डो¥याउने उनको संकल्प रहेको छ ।

ताजा खबर

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?