मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ ।
कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदकी एमाले उम्मेदवार बिमला कुमारी पासी नेतृत्वमा चन्द्रमणी पासी सहित १०१ जना एमाले पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
शनिबार मायादेवी गाउँपालिका–५ मा सम्पन्न वडा अधिवेशनकै क्रममा उनीहरूले राप्रपाको सदस्यता ग्रहण गरेका हुन् ।
वडा अधिवेशनले पप्पु उपाध्यायलाई अध्यक्ष, हरिचन्द्र यादवलाई उपाध्यक्ष र सुरेश पासीलाई सचिव चयन गर्दै २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।


अधिवेशनलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य ध्रुव बहादुर रायमाझीले एमाले लगायत पुराना शक्तिहरूले जनताको विश्वास गुमाइरहेको बताउँदै राप्रपा वैकल्पिक शक्तिका रूपमा उदाउँदै गएको दाबी गरे । “जनताले अब विकल्पको खोजी गरेका छन्, त्यही विकल्प राप्रपा हो । जनताको भावनाअनुसार हामी अघि बढ्छौं,” उनले भने ।
जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले भने, “आजको प्रवेश ऐतिहासिक हो, यसले राप्रपाको बलियो आधार तयार गरेको छ । हामी जनताको हक अधिकारका लागि निरन्तर लड्छौं ।”
कार्यक्रममा जिल्ला उपाध्यक्ष सत्रुगन बिलास चौधरी, प्रवक्ता भूमिराज गिरी, क्षेत्रीय अध्यक्ष जीवन सुवेदी, प्रदेशसभा अध्यक्ष दिल्लिराम शर्मा, गाउँपालिका संयोजक तिर्थ पासवानलगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन रामलेखन जैसवालले गरेका थिए । (वैखरी अनलाईनबाट)

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?