नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

चण्डीगढ़, २० जुलाई २०२५ — नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष श्री राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव श्री ढाकाराम पौडेलले गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे हुनुहुन्थ्यो। साथै केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि श्री पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भयो। उहाँले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिनु भयो।

बैठकमा वी.पी. कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजको भव्य कार्यक्रम आयोजना, समिति स्थापनाको सोर्णजयन्ती, र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमका क्रममा श्री पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा संगठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गर्नुभयो, जसमा १ जना केन्द्रीय प्रतिनिधि, २ जना क्षेत्रीय प्रतिनिधि र १ महिला प्रतिनिधि समावेश हुनेछन्।

कार्यक्रमको समापनमा चण्डीगढ़ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै वी.पी. कोइरालाको सपनालाई साकार पार्न सामूहिक संकल्प लिएका थिए।

– जीवलाल भट्टराई, सह–महामन्त्री, नेजस भारत

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?