नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

चण्डीगढ़, २० जुलाई २०२५ — नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष श्री राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव श्री ढाकाराम पौडेलले गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे हुनुहुन्थ्यो। साथै केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि श्री पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भयो। उहाँले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिनु भयो।

बैठकमा वी.पी. कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजको भव्य कार्यक्रम आयोजना, समिति स्थापनाको सोर्णजयन्ती, र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमका क्रममा श्री पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा संगठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गर्नुभयो, जसमा १ जना केन्द्रीय प्रतिनिधि, २ जना क्षेत्रीय प्रतिनिधि र १ महिला प्रतिनिधि समावेश हुनेछन्।

कार्यक्रमको समापनमा चण्डीगढ़ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै वी.पी. कोइरालाको सपनालाई साकार पार्न सामूहिक संकल्प लिएका थिए।

– जीवलाल भट्टराई, सह–महामन्त्री, नेजस भारत

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?