सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

धनगढी ०४ असार  ।

सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निःशुल्क प्लास्टिक सर्जरी (अप्रेशन) शिविर सञ्चालन हुने भएको छ। अस्पतालले ‘फेक्ट नेपाल’ तथा काठमाडौँको कीर्तिपुर अस्पतालको सहकार्यमा विशेष सर्जरी शिविर आयोजना गर्न लागेको हो।

शिविरमा ओठ तथा तालु (मुखभित्र जिब्रो भन्दा माथी) चिरिएका, आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग टाँसिएको, जन्मजात औंला ल जोडिएका वा बढी भएका, ओठ तथा मुख भित्र पहिला अप्रेशन गरेर पनि समस्या बाँकी रहेका, तथा अन्य जटिल प्लास्टिक सर्जरीको आवश्यकता भएका बिरामीहरूको निःशुल्क अप्रेशन गरिनेछ।

शिविरका लागि बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण २०८२ साल असार ९ गते बिहान ९ बजे देखि सेती प्रादेशिक अस्पतालमा हुने जनाइएको छ। जटिलता भएका, पूर्व सर्जरी गरिसकेका वा अन्य परामर्श आवश्यक बिरामीहरूलाई प्रारम्भिक सल्लाह पनि निःशुल्क दिइनेछ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?