सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

धनगढी ०४ असार  ।

सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निःशुल्क प्लास्टिक सर्जरी (अप्रेशन) शिविर सञ्चालन हुने भएको छ। अस्पतालले ‘फेक्ट नेपाल’ तथा काठमाडौँको कीर्तिपुर अस्पतालको सहकार्यमा विशेष सर्जरी शिविर आयोजना गर्न लागेको हो।

शिविरमा ओठ तथा तालु (मुखभित्र जिब्रो भन्दा माथी) चिरिएका, आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग टाँसिएको, जन्मजात औंला ल जोडिएका वा बढी भएका, ओठ तथा मुख भित्र पहिला अप्रेशन गरेर पनि समस्या बाँकी रहेका, तथा अन्य जटिल प्लास्टिक सर्जरीको आवश्यकता भएका बिरामीहरूको निःशुल्क अप्रेशन गरिनेछ।

शिविरका लागि बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण २०८२ साल असार ९ गते बिहान ९ बजे देखि सेती प्रादेशिक अस्पतालमा हुने जनाइएको छ। जटिलता भएका, पूर्व सर्जरी गरिसकेका वा अन्य परामर्श आवश्यक बिरामीहरूलाई प्रारम्भिक सल्लाह पनि निःशुल्क दिइनेछ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?