

शुनिल राना, कञ्चनपुर १ असार


लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव तथा हिरक दिवसको आवसमा आयोजित माध्यामिक स्तरिय हाजिरिजवाफ प्रतियोगितामा भीमदत्त नगरपालिका १९बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ ।
आइतबार महेन्द्रनगरमा लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव तथा हिरक दिवसको आवसमा आयोजित माध्यामिक स्तरिय हाजिरिजवाफ प्रतियोगितामा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको हो ।
भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले प्रतियोगितामा भुवनेश्वरी मावि गड्डाचौकी दोस्रो,महेन्द्रनगर नमुना विद्यालय सधारण तेसे भएको बताए । विजेता विद्यार्थीहरुलाई प्रमाण पत्रका साथै पुरस्कार वितरण गरेको छ । लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको लक्ष्मीका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको मेहनत, शिक्षक, अभिभावक, विद्यालयको भूमिकाले विद्यार्थीले उक्त सफलता पाएको बताए ।