जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९ 

कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक जनप्रतिनिधीले क्यान्सरपीडित युवकलाई उपचार खर्च आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका २का वडाध्यक्ष डिके कार्कीले सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका क्यान्सरपीडित जमन सिह कार्कीलाई आर्थिक सहयोग गरेका हुन । बिहीबार २९जेठ निर्वतमान वडाध्यक्ष कार्कीको जन्मदिन थियो । जन्मदिनको अवसरमा उनले खानपिनमा खर्च गर्नु भन्दा क्यान्सरले थला परेका जमनको उपचारका लागि ओषधी खर्चका लागि भन्दै ४ हजार, १सय २१ रुपैया आर्थिक सहयोग गरेका हुन । खानपिनमा फजुल खर्च गर्नु भन्दा बिरामी दिनदुखी आर्थिक अभावमा समस्यामा परेका बिरामीकोे उपचारका लागि आर्थिक सहयोग गरेको बताए । नेकपा माओवादी केन्द्र जिल्लाका पुर्व युवा नेता एव निर्वतमान वडाध्यक्ष कार्कीले विगतका बर्षहरुमा पनि जन्मदिनदेखि बैवाहिक बर्षगाँठमा पनि समाजिक काम गर्दै आएका थिए । कार्कीकी धर्मपत्नी गोमती कार्कीले श्रीमानले जन्मदिनको अवसरमा बिरामी युवालाई औषधी खर्च दिएर मनाएको भन्दै खुसी व्यक्त गरेका छन । क्यान्सर रोगबाट ग्रसिन सुदूरका युवा जमन केही महिनादेखि शिक्षण अवस्थाल काठमाण्डौँमा उपचारार्थ छन । उनले आफुलाई सहयोग गर्ने निर्वतमान वडाध्यक्ष कार्की सहितप्रति आभार प्रकट गर्दै अन्य महानुभावहरुमा समेत सहयोगको अपिल गरेका छन ।

 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?