जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९ 

कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक जनप्रतिनिधीले क्यान्सरपीडित युवकलाई उपचार खर्च आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका २का वडाध्यक्ष डिके कार्कीले सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका क्यान्सरपीडित जमन सिह कार्कीलाई आर्थिक सहयोग गरेका हुन । बिहीबार २९जेठ निर्वतमान वडाध्यक्ष कार्कीको जन्मदिन थियो । जन्मदिनको अवसरमा उनले खानपिनमा खर्च गर्नु भन्दा क्यान्सरले थला परेका जमनको उपचारका लागि ओषधी खर्चका लागि भन्दै ४ हजार, १सय २१ रुपैया आर्थिक सहयोग गरेका हुन । खानपिनमा फजुल खर्च गर्नु भन्दा बिरामी दिनदुखी आर्थिक अभावमा समस्यामा परेका बिरामीकोे उपचारका लागि आर्थिक सहयोग गरेको बताए । नेकपा माओवादी केन्द्र जिल्लाका पुर्व युवा नेता एव निर्वतमान वडाध्यक्ष कार्कीले विगतका बर्षहरुमा पनि जन्मदिनदेखि बैवाहिक बर्षगाँठमा पनि समाजिक काम गर्दै आएका थिए । कार्कीकी धर्मपत्नी गोमती कार्कीले श्रीमानले जन्मदिनको अवसरमा बिरामी युवालाई औषधी खर्च दिएर मनाएको भन्दै खुसी व्यक्त गरेका छन । क्यान्सर रोगबाट ग्रसिन सुदूरका युवा जमन केही महिनादेखि शिक्षण अवस्थाल काठमाण्डौँमा उपचारार्थ छन । उनले आफुलाई सहयोग गर्ने निर्वतमान वडाध्यक्ष कार्की सहितप्रति आभार प्रकट गर्दै अन्य महानुभावहरुमा समेत सहयोगको अपिल गरेका छन ।

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?