मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्वारा सेवा शुरु

कञ्चनपुर, ३ बैशाख ।
कञ्चनपुरको एक निजी अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु गरेको होे । २ बैशाख ०८२देखि अस्पतालमा फेरी नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु भएको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा। रबि ढकालले मन्त्र अस्पतालमा उपचार शुरु गरेका हुन । डा। ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशमा सेवा गरेका डा। ढकालले मन्त्रमा पनि शुरु गरेका हुन । अस्पतालमा विशेषज्ञ र मेडिकल १५ गरि ६५ जनशक्ति सेवा प्रदान गर्दै आएको छ । महिनामा मेजर र मुख्य अप्रेसन सल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा। गोबिन्द रोकायाले बताए । ओपिडिमा २०जना जति सेवाग्राही आउने गरेको छ। हाडजोर्नी लगायतका सेवाहरु दिने गरेको छ। विभिन्न रोगको फुल टाईम र पार्ट टाइम डाक्टरहरु बाट सेवा दिने गरेको बताए। उनका अनुसार अझै पनि जन विश्वास दिलाउन सकेका छैनौ त्यो अनुरुप निरन्तर सेवा प्रवाहमा थप सुविधा लगायतलाई जोड दिने बताए । बैंक तथा बृत्तिय संघसंस्थाहरु लाई ५ देखि २५ प्रतिशात छुट दिने व्यवस्था रहेको छ ।
सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्य लगायत खेलकुद प्रतियोगिताहरु मा प्राथमिक उपचारका लागि निस्शुल्क सेवा दिने गरेको छ। तीन बर्षदेखि स्वाथ्य सेवा गर्दै आएको मन्त्रले हरेक बर्ष मुख्य सल्यकृयादेखि, समाजिक कार्य अन्र्तरगत गाँउ गाँउमा निःशुल्क स्वास्थ्य शिबिर, विभिन्न संघ संस्थासंग सम्झौता गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । मन्त्र अस्पताल खुलेसंगै जिल्लाका बिरामीलाई भारत तथा बाह्य जानुपर्ने बाध्यता हटेको स्वयम बिरामीका आफन्त बताउँछन ।

केही बर्षदेखि कञ्चनपुरमा नर्सिङ्गकोे पढाई बन्द भएपछि यहाँका विद्यार्थी मारमा पर्दै आएका छन । सेती महाकाली नर्सिङ्ग क्याम्पसले नर्सिङ्ग पढाउँदै आएपछि एकसय बेडको अस्पतालकोे मापदण्ड नहुँदा सरकारले उक्त क्याम्पसमा नर्सिङ्ग कटौती गरेको थियो ।
झण्डै ५लाख जनसंख्या भएकोे जिल्लामा गत बर्ष ०८१मा मात्रै ११ हजार ३सय १ विद्यार्थीले एसईई दिएका थिए । एसईई पछि साधारण तथा प्राविधिक धार तर्फ विषय अध्ययनका लागि क्याम्पस रोज्ने विद्यार्थी मध्ये नर्सिङ्ग कोर्ष पठाउने शिक्षण संस्था जिल्लामा नभएपछि मारमा पर्दै आएका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?