मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्वारा सेवा शुरु

कञ्चनपुर, ३ बैशाख ।
कञ्चनपुरको एक निजी अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु गरेको होे । २ बैशाख ०८२देखि अस्पतालमा फेरी नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु भएको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा। रबि ढकालले मन्त्र अस्पतालमा उपचार शुरु गरेका हुन । डा। ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशमा सेवा गरेका डा। ढकालले मन्त्रमा पनि शुरु गरेका हुन । अस्पतालमा विशेषज्ञ र मेडिकल १५ गरि ६५ जनशक्ति सेवा प्रदान गर्दै आएको छ । महिनामा मेजर र मुख्य अप्रेसन सल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा। गोबिन्द रोकायाले बताए । ओपिडिमा २०जना जति सेवाग्राही आउने गरेको छ। हाडजोर्नी लगायतका सेवाहरु दिने गरेको छ। विभिन्न रोगको फुल टाईम र पार्ट टाइम डाक्टरहरु बाट सेवा दिने गरेको बताए। उनका अनुसार अझै पनि जन विश्वास दिलाउन सकेका छैनौ त्यो अनुरुप निरन्तर सेवा प्रवाहमा थप सुविधा लगायतलाई जोड दिने बताए । बैंक तथा बृत्तिय संघसंस्थाहरु लाई ५ देखि २५ प्रतिशात छुट दिने व्यवस्था रहेको छ ।
सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्य लगायत खेलकुद प्रतियोगिताहरु मा प्राथमिक उपचारका लागि निस्शुल्क सेवा दिने गरेको छ। तीन बर्षदेखि स्वाथ्य सेवा गर्दै आएको मन्त्रले हरेक बर्ष मुख्य सल्यकृयादेखि, समाजिक कार्य अन्र्तरगत गाँउ गाँउमा निःशुल्क स्वास्थ्य शिबिर, विभिन्न संघ संस्थासंग सम्झौता गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । मन्त्र अस्पताल खुलेसंगै जिल्लाका बिरामीलाई भारत तथा बाह्य जानुपर्ने बाध्यता हटेको स्वयम बिरामीका आफन्त बताउँछन ।

केही बर्षदेखि कञ्चनपुरमा नर्सिङ्गकोे पढाई बन्द भएपछि यहाँका विद्यार्थी मारमा पर्दै आएका छन । सेती महाकाली नर्सिङ्ग क्याम्पसले नर्सिङ्ग पढाउँदै आएपछि एकसय बेडको अस्पतालकोे मापदण्ड नहुँदा सरकारले उक्त क्याम्पसमा नर्सिङ्ग कटौती गरेको थियो ।
झण्डै ५लाख जनसंख्या भएकोे जिल्लामा गत बर्ष ०८१मा मात्रै ११ हजार ३सय १ विद्यार्थीले एसईई दिएका थिए । एसईई पछि साधारण तथा प्राविधिक धार तर्फ विषय अध्ययनका लागि क्याम्पस रोज्ने विद्यार्थी मध्ये नर्सिङ्ग कोर्ष पठाउने शिक्षण संस्था जिल्लामा नभएपछि मारमा पर्दै आएका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?